गगन र विश्वप्रकाशले जगाएको आशा : नेपाली कांग्रेस विपी कोइरालाको समाजवादको बाटोमा हिड्ला ?

64

— प्रीति रमण

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्व चयन गर्ने क्रममा देखिएको परिणामले नेपाली कांग्रेसप्रति जनताले आशा गर्ने संकेत भएको छ । दुई युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्री पदमा सबैलाई आश्चर्यचकित पार्दै परिणाम आफ्नो पक्षमा पारेका छन् । महामन्त्री पदमा गगन थापाले खसेको मतको दुई तिहाई अर्थात  ३ हजार २३ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्माले १ हजार  ९ सय ८४ मत प्राप्त गरेका छन् । यी दुवै युवा नेताहरु नेपाली कांग्रेसमा लोकप्रिय मानिन्छन् । यी दुवैले प्राप्त गरेको मत कुनै गूटगत हैसियतबाट नभएर व्यक्तित्वलाई कार्यकर्ताहरुले दिएको जिम्मेवारी हो भन्ने कुरा बुझ्न सकिन्छ ।

गगन थापा र विश्वप्रकाश शर्माको विजयले  जुन खुशियाली कांग्रेस बृत्तमा देखिएको छ । त्यस्तै खुशियाली केही नेताहरुको पराजयमा  कांग्रेस बृत्त देखिन्छन् ।

खासगरी विजय गच्छदारको पराजय, डा. प्रकाशसरण महतको पराजय, डा. मिनेन्द्र रिजालको पराजय कांग्रेस बृत्तमा खुशियालीको विषय बनेको देखिन्छ । केही व्यक्तिहरुको पराजय दुखद पनि बनेको छ ।  खासगरी प्रदिप पौडेल, डा. राजाराम कार्की जस्ता पात्रहरु नेपाली कांग्रेसमा पराजित नहुनु पर्ने व्यक्तित्वहरु थिए । त्यसो त सभापतिका उम्मेदवार शेखर कोइरालाको पराजयले नेपाली कांग्रेसमा खुशियाली देखिदैन । तथापि नेपाली कांग्रेसमा सबैभन्दा खुशियाली गगन र विश्व प्रकाशको  विजयले सञ्चार गरेको छ ।

मत परिणाम घोषणापछि मिनेन्द्र रिजालले रक्षा मन्त्री पदबाटै राजिनामा गरेपछि उनले इतिहास बनाउन सफलता हासिल गरेका छन् । पञ्चायतकालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट सिंहदरवारमा आगो लाग्दा पदबाट राजिनामा गर्ने नैतिकवान् प्रधानमन्त्रीका रुपमा आज पर्यन्त चर्चामा छन् । त्यसैगरी पञ्चायतकालकै खुलकूदमन्त्री केशरबहादुर बिष्ट रंगशालामा भागदौड मच्चिदा भएको दुर्घटनाप्रति जिम्मेवारी लिदै राजिनामा गरेको प्रसंग अहिले पनि नैतिकताको सवाल आउँदा चर्चामा सुनिन्छ । कांग्रेसमा पनि मिनेन्द्र रिजालले नैतिकताको त्यो उदाहरण प्रस्तुत गरेका छन् ।  यस्तो उदाहरणले रिजाललाई जीवनभर खुशी दिइरहने निश्चित छ ।

गगन थापा डा. शेखर कोइरालाको प्यानेलबाटै उठेको भएपनि उनी कांग्रेसी वृत्तमा सर्वाधिक रुचाइएको पात्र देखा परेका छन् । पराजीत सबै उम्मेदवारको कूलमत बराबर उनले पाउनु उनको लोकप्रियताको आधार नै हो भन्न सकिन्छ । तर, यस्तो लोकप्रियतालाई गगन थापाले कायम राख्न सक्छन् कि सक्दैनन् ? आगामी दिनमा स्पष्ट हुँदै जाला ।

गगन थापा १३ औं महाधिवेशनमा महामन्त्री पदमै पराजीत भएका थिए । पराजीत भएपनि उनी पार्टीमा लोकप्रिय नै थिए । तर, उनी शशांक कोईरालासँग पराजीत भएका थिए । त्यसकारण पनि उनी कोइरालाभन्दा लोकप्रिय बन्न पुगेका थिए ।  शंशाक कोइरालाको कार्यक्षमता महामन्त्रीमा देखिएन । त्यसकारण पनि कोइरालाका प्रतिद्धन्दी रहेका गगन थापा यसपटक अवसर पाउन सफल भएका छन् । गगन थापासँगै महामन्त्रीको जिम्मेवारीमा विश्वप्रकाश शर्माले विजय हासिल गरेका छन् । शर्माको विजय भने झनै आश्चर्य मानिएको छ । देउवा गूटबाट फालिएका शर्मा महामन्त्रीमा विजय हुने विश्वास कांग्रेस बृत्तमा थिएन । देउवाले शर्मालाई किन अलग गराए भन्ने प्रश्न उब्जिएको थियो । तर देउवाले फालेकै कारणबाट शर्माले कार्यकर्ताहरुको सहानुभूति पाएका छन् । देउवाले आफ्नो गूटका तर्पmबाट महामन्त्रीको उम्मेदवार बनाएका प्रदिप पौडेलको पराजय उनको अलोकप्रियताको कारण नभएर देउवा गूटमा लागेको कारणले पराजय भोग्नु परेको विश्लेषण कांग्रेस बृत्तमा भइरहेको छ ।

गगन र विश्वप्रकाशले पुस्तान्तरणकै मुद्धालाई मात्र निर्वाचनको आधार बनाएका थिए । यसकारण यी दुवैबाट कांग्रेस परिवर्तन होला त भन्ने प्रश्न खडा भएको छ । कांग्रेसभित्र नीति र कार्यनीतिको प्रश्नमा बहस भएको कहिल्यै पाइदैन ।  नेपाली कांग्रेस विपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शमा कहिल्यै चल्ने प्रयास गरेन । विपी कोइराला राष्ट्रियताको हिमायति थिए । त्यसैकारण उनले नेपालको राष्ट्रियताको जग बलियो बनाउन राजासँग आफ्नो घाटी जोडिएको प्रसंग पनि उठाउने गर्दथे । त्यसैगरी प्रजातन्त्रको सवालमा विपी कोइरालाको संघर्ष राजासँग बाँचुञ्जेलसम्म भइरह्यो । जेलबास प्रवास विपी कोइरालाका प्रजातन्त्रको निम्ति लडाईका क्रममा भोग्नु परेका कठिन समय थिए । त्यसैगरी विपी कोइरालाको सपना थियो — नेपाली जनतालाई समाजवादसम्म पु¥याउने । विपीको समाजवादमा सबै नेपाली जनताको एउटा घर र घरमा दुहुनो गाई परिकल्पना गरिएको थियो । नेपाली कांग्रेसले सत्ता राजनीति गर्न थालेको धेरै लामो समय भइसकेको छ । तर विपीको आदर्शमा राजनीति गर्न कांग्रेसी नेताहरुले ध्यान दिएनन् । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला र शेरबहादुर देउवा गरी चारजनाले नेपाली कांग्रेसका तर्पmबाट सरकारको नेतृत्व गर्ने  अवसर पाए । तर समाजवादको गन्तव्य कुनै नेताको सरकारले देख्ने प्रयास गरेन ।

महामन्त्रीमा महामन्त्रीमा निर्वाचित गगन थापाले नीतिका कुरा उठाएका छैनन् । उनले पदीय  जिम्मेवारी र अवधिका कुरा मात्र उठाएका छन् । राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक, सांसद चार पटकमात्र हुने कुरा गगन थापाले उठाएका छन् । गगन थापाको योजनामा राष्ट्रियता छैन, प्रजातन्त्र छैन र समाजवाद पनि छैन । त्यसैले महामन्त्रीमा गगन थापाले विजय हासिल गरेको भए पनि नेपाली कांग्रेसलाई समाजवादको बाटोमा डो¥याएर नेपाली जनतालाई विपीले परिकल्पना गरेको जस्तो एउटा घर र एउटा दुहुनो गाईको साकार तुल्याउने तर्पm ध्यान पु¥याउलान त भनेर जनताले आशा गर्ने ठाउँ गगनले अझसम्म दिन सकेका छैनन् । गगन र विश्वप्रकाशको  जोडीले शेरबहादुर देउवाको अलोकप्रिय छविलाई लोकप्रिय बनाउन पनि सक्नेछ र रुपान्तरणतर्पm पनि देशलाई अगाडि बढाउन सक्ने आशा गर्न सकिन्छ । -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here