जसपाले राष्ट्रिय सभाका उम्मेदवार टुंग्यायो

153

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट भोजपुरका हेमराज राई र प्रदेश २ को खुलातर्फ सिरहाका मो. खालिद सिद्दीकी  उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसअघि सोमबार भएको गठबन्धनको बैठकमा जसपाले एमालेबाट यसअघि विजयी प्रदेश सभा सदस्य तर्फको २ सिटमा उम्मेदवारी दिने सहमति भएको थियो।

राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ मा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here