साथीको हत्या आरोपमा एक पक्राउ

48

साथीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मोरङको कटहरी गाँउपालिका-३ का ३८ वर्षीय शेखर राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। प्रहरीका अनुसार शनिबार राति कटहरी गाँउपालिका-३ स्थित रिङरोडको नहरमा २८ वर्षीय झप्पु भनिने अशोक ऋषिदेवको शव फेला परेको हो।

झगडाको क्रममा कुटपिट हुँदा ऋषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ।  प्रहरी कार्यालय मोरङले आरोपितलाई जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसुरमा मुद्दा चलाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here