भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

55

काठमाडौं ।  भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको त्रिनगर हेल्थडेस्कमा संकलन गरिएका १४६ नमुना मध्ये ४ वटामा ओमिक्रोन पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पहिलो पटक पुष्टि भएको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना पुस २५ गते काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो।

जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाका अनुसार कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एक/एक जनामा ओकिक्रोन पुष्टि भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here