सरकारलाई सिटामोल उपलब्ध गराउन सर्वोच्चको आदेश

88

काठमाडौँ । सर्वोच्च अदालतले नागरिकलाई सिटामोल/प्यारासिटामोल  लगायत औषधी  तत्काल उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता टीकाबहादुर कुँवरलगायतले प्रधान मन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय विरुद्ध सिटामाेल लगायतका औषधिकाे आपूर्ति सजह गर्न उत्प्रेषणकाे माग गर्दै सर्वाेच्चमा दायर गरेको रिटमा न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।

अन्तरिम आदेश दिँदै सर्वोच्चले सरकारलाई काेभिडकाे प्रकाेप चलिरहेकाे समयमा यसकाे उपचारमा आवश्यक पर्ने सिटामाेल लगायतका औषधिकाे सहज र विशेष प्रबन्ध मिलाउन भनेकाे हाे ।

आदेशमा भनिएकाे छ, ‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारको लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण ओषी सिटामोल/प्यारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्य सम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरु बिच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल र प्यारासिटामोल लगायतका औषधीहरुको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनु भनी विपक्षीहरुको नाउँमा यो आदेश जारी गरिदिएको छ ।’

यस्ताे छ आदेशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here