सिरियाको हासाकाहको जेलमा आक्रमण भएकाेप्रति राष्ट्रसंघको चासो

268

सिरियामा नागरिक सुरक्षाको अवस्थाबारे संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हालै मात्र पश्चिमी सिरियाको हासाकाह क्षेत्रमा रहेको एक जेलमाथिको आक्रमण र त्यसबाट नागरिक हताहत भएको विषयमा चासो व्यक्त गरेका हुन्।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेकाे विज्ञप्तिमा जेलमा रहेका नागरिकको सुरक्षा गम्भीर चासोको विषय रहेको र उनीहरू जेलमा पनि सुरक्षित रहन नपाउनु दुःखद रहेको उल्लेख गरिएको छ। केही दिनअघि सो नगरमा रहेको एक जेलमा हमला भएको थियो। त्यसमा रहेका कैयौँ व्यक्तिको ज्यान गएको थियो भने केहीले भागेर ज्यान बचाएका थिए।

सिरियामा पछिल्लो समय बढ्दो असुरक्षाको पनि राष्ट्रसंघले चासो व्यक्त गरेको छ। त्यहाँ ठूलो संख्याका नागरिक विस्थापित भएकाले उनीहरूको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिइएको हो। सिरियामा केही वर्षदेखि हिंसा जारी छ। हिंसाका कारण यहाँका नागरिकहरू ठूलो संख्यामा विस्थापित भएका छन्।सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here