काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि गइरहेका प्रदेश सभा सदस्यमाथि मधेश प्रदेशमा आक्रमण भएको छ।
निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जनकपुरस्थित जानकी मन्दिर अगाडि तोडफोड भएको हो। जनमतका कार्यकर्ताको आक्रमणमा परि सांसद यादवको हात भाँचिएको छ। त्यस्तै सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडी जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका थिए।
मतदानका लागि जनकपुर पुग्ने क्रममा मेयर प्रसाईं र उपमेयर रेनुका पौडेल चढेको प्रदेश–२-०३००१ झ ००२० नम्बरको गाडीमा उनीहरूले तोडफोड गरेका हुन। त्यसक्रममा मेयर प्रसाईं घाइते भएका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको छ। गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सीके राउतका कार्यकर्ताले तिरहुतीया गाछीमा गाडी रोकेर तोडफोड गरेका थिए। भाटासहित प्रदर्शनमा उत्रिएका उनीहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको हाे ।
















