कीर्तिपुर तलेजु निर्माणकाे क्रममा जग साईट

344
काठमाडाैं ।  आदिवासीहरूकाे माैलिक परम्परा अनुसार प्रकृतिमा जे सुकै गर्नु परेपनि पुजा गरिन्छ । यसै क्रकमा कीर्तिपुर लायकु क्षेत्रमा तलेजुकाे संरचना (हालका लागि वडा भवन नामबाट) निर्माणकाे क्रममा फागुन १३ गते बिहिवार भुमि पुजा अर्थात जग साइट भयाे । अहिले तलेजुकाे दक्षिण माेहडा र चाेक भित्रकाे उत्तर माेहडा मात्र निर्माण हुने भएकाे छ ।
 कार्यक्रममा जिविस समन्वय समितिका प्रमुख, उप प्रमुख कीनपाका प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरू, सम्पदाप्रेमि, स्थानीयवासीकाे सहभागिता जनाएकाे थियाे ।
कीर्तिपुर तलेजुको पूर्ण चित्रः
कीर्तिपुर नगरपालिकाले गठन गरेको तलेजु–सतः अध्यण पुचःले तयार गरेको कीर्तिपुरको तलेजु प्रस्तावित पूर्ण चित्र यस प्रकार रहेको छ। तलेजुको दक्षिण मोहडा, तलेजु चुक भित्रको उत्तर मोहडा, चुक भित्रको पूर्व पश्चिम मोहडा साथै चुक भित्रको दक्षिण मोहडा यस प्रकारको छ । तलेजुको चुक, देगु तलेजु पनि समावेश गरिएको छ । कान्तिपुर, ललितपुर, भक्तपुर र थिमिको तलेजु बारे अध्ययण पछि तयार गरेको कीर्तिपुरको विशेषतालाई ध्यानमा राखी प्रस्ताव गरेको छ । अध्ययण समितिको संयोजक प्रयागमान प्रधान, सदस्यहरु वीर प्रसाद भन्सारी, बुद्धिलाल ज्यापु, डा. बज्रमुनि बज्राचार्य, श्रीकृष्ण महर्जन नेवाः, अर्जुन नेपाःमि र भरत महर्जन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here