ज्योति लाइफकाे खुद बीमा शुल्क साढे १ अर्ब बढी आर्जन

84

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १७.६९ प्रतिशतले बढी हो। ज्योति लाइफ इन्स्योरेन्सले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

यस्तै,कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब ३९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको खुद बीमाशुल्कसँगै खुद नाफा पनि २४.२३ प्रतिशतले बढेर १३ करोड ४० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट २० करोड १२ लाख र बीमालेख धितोमा ५६ करोड ४५ लाख रुपैयाँ लगानी गरी ३ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात ५४.५९ गुणा रहेको छ। यस अवधिमा कम्पनीले एक अर्ब ७१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। कम्पनीले २९४ वटा दाबी बापत १४ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २२२ वटा दाबी बापत ७ करोड ५२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here