काठमाडौं । स्थानीय तहको चुनाव सुनिश्चित भएको समाचारले ‘सकारात्मक’ बनेको सेयर बजार साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले उकालो लागेको सेयर बजार सोमबार भने घटेको हो।
सोमबार समग्र नेप्से ०.४७ प्रतिशतले घटेको छ। यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ५३८.९३ बिन्दुमा झरेको छ।
आइतबारको तुलनमा सोमबार कारोबार रमक पनि घटेको छ। सोमबार ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। सेयर बजारमा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज सबैभन्दा धेरै लगानी समूहको सेयर मूल्य उकालो लागेको छ। यसैगरी सबैभन्दा धेरै विकास बैंक समूहको सेयर मूल्य ओरालो लागेको छ। कारोबारमा आएका ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयर खरिदबिक्री भएको छ।


















