काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक (जनरल म्यानेजर) पदका लागि विज्ञापन गरेको छ ।
यसअघिका महाप्रबन्धक रौनकबहादुर मल्लको म्याद नथपिएपछि क्यानले नयाँ महाप्रबन्धक नियुक्तिका लागि विज्ञापन खुला गरेको हो ।
आवेदन दिनका लागि कम्तीमा स्नातकोतर गरेको ३ वर्षको अनुभव भएको हुनुपर्ने क्यानले जनाएको छ ।


















