आवागमनमा अवरोध पुगेको भन्दै पशुपतिमा टहरा हटाउन १५ दिने अल्टिमेटम

129

काठमाडौं  । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ । पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फूल उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो ।

कोषले १५ दिनभित्र अर्थात ३ फागुनभित्र उक्त स्थान खाली गर्न सूचना जारी गरेको छ र यस समयभित्र खाली नगरेमा आफै हटाउने चेतावनी समेत कोषले दिएको छ ।

कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल बृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाउनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here