हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो

131
eQmk'/, @! df3 -/f;;_ M ko{6sLo If]q /fgLsf]6df cfh lxpF k/]kl5 xf]6n xfONof08af6 b]lvPsf] b[Zo, lxpF k/]kl5 /fgLsf]6df cfGtls/ ko{6ssf] cf]O/f] nfu]sf] 5 . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुर ।  शुक्रबार बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ ।

दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २ बजेपछि आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी रामसुन्दर बकेँले जानकारी दिए।

रानीकोटस्थित होटल हाइल्याण्डका सञ्चालक बकेँले भने, ‘कोरोनाले थलापरेको पर्यटकीय क्षेत्रमा आज परेको हिउँले रौनक बढाएको छ, व्यवसायमा आशा पलाएको छ, आज हिउँ पर्न थालेपछि अचानक पर्यटकको आगमन बढेको छ, पर्यटक हिउँमा रमाएर धेरै पर्यटक बास बस्ने गरी आउँदा हामी खुसी भएका छौँ ।’

भक्तपुर वरिपरिका सबै डाँडा हिउँले सेताम्मे भएका छन् । पर्यटकीय क्षेत्र चाँगुनारायण, त्रिशुल डाँडा, तेलकोट, नगरकोट, बतासे डाँडा, नगरकोट टावर, बोझिनी, कलमसीलगायतका क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

हिउँ परेपछि पर्यटकीय क्षेत्र नगरकोटमा हिउँ खेल्न जाने र रमाउने आन्तरिक पर्यटकको ओइरो लागेको छ ।

दिउँसो १ बजे पछिनै नगरकोटमा आन्तरिक पर्यटकको चाँप ह्वात्तै बढेको नगरकोटस्थित होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले जानकारी दिए। उनले भने, ‘दिउँसोदेखि नै आन्तरिक पर्यटकको चाप बढेको छ, राति बस्ने गरी धेरै पर्यटक आउनुभएको छ, तीन वर्षपछि नगरकोटमा परेको हिउँले पर्यटन व्यवसायमा थप ऊर्जा मिलेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here