ज्योति विकास बैंककाे सहयाेग महानगरीय ट्राफिक प्रहरी कोटेश्वरलाई

114

काठमाडौं । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर राम कृष्ण देवकोटालाई विभिन्न ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेका हुन् ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here