राष्ट्रिय विभूति भक्ति थापा पार्क निर्माण

384

लमजुङ । लमजुङको राइनास नगरपालिका ९ मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति एवम् वीर भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए ।

उनका अनुसार पाँच रोपनी क्षेत्रफल जमिनमा रहेको पार्कमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण गरिएको छ । शालिकले यहाँ आउने सबैको ध्यान खिच्ने गरेको छ ।

आज आइतवार भक्ति थापा पार्ककको उद्घाटन गर्दै मेयर थापाले पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन करोड ९९ लाख रुपैयाँ रहेको उल्लेख गर्दै अहिलेसम्म ८२ लाख रुपैयाँ खर्च भएको बताए ।

यस्तै डीपीआर अनुसार पार्कसम्म आउने पक्की बाटो, पार्कमा ‘टि शप’, सङ्ग्रहालय, पार्किङ स्थल लगायतका अन्य संरचना भने बनाउन बाँकी रहेको र बिस्तारै ती संरचना निर्माण हुँदै जाने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here