ठमाडौं । एप्पल आफ्ना उत्कृष्ट प्रडक्टहरुका लागि लोकप्रिय छ । यहीँ क्रममा एप्पलले स्मार्ट बोतल सार्वजनिक गरेको छ । त्यसअघि एप्पलले फोन सफा गर्ने कपडा सार्वजनिक गरेको थियो ।
एप्पलले सार्वजनिक गरेको स्मार्ट बोतलको नाम Hydrate Spark राखिएको छ । यो एक पानी पिउने बोतल हो । यसलाई अमेरिकामा एप्पल स्टोरहरुबाट ५९.९५ डलरमा खरीद गर्न सकिने बताइएको छ ।
एप्पलको यो बोतललाई स्मार्ट बोतल भनिनुको कारण यसमा ब्लुटुथ कनेक्टिभिटी हुनु हो । यो बोतलले तपाईको पानी पिउने आनीबानीलाई अनुगमन गर्नेछ र आइफोनको एप्पल हेल्थ एपमा डाटा पठाउनेछ ।
Hydrate Spark Pro Steel स्मार्ट बोतल चाँदी तथा कालो गरी दुई रङमा उपलब्ध हुनेछ । त्यस्तै Hydrate Spark Pro चाहीँ कालो र हरियो रङमा उपलब्ध रहेको छ ।
बोतलमा एउटा एलइडी सेन्सर पनि राखिएको छ जसमा ब्लुटुथ कनेक्टिभिटी रहेको छ । यो बोतलले प्रयोगकर्तालाई पानी पिउन सुझाव दिँदै फोनमा अलर्ट पठाउँदछ । एजेन्सीको सहयोगमा


















