मतदाता नामावली संकलनको काम नहुने

226

काठमाडौं ।  निर्वाचन आयोगले आज (मंगलबार)देखि मतदाता नामावली संकलनको काम रोक्ने भएको छ। सोमबार बसेको आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावली संकलनको काम मंगलबारदेखि स्थगित गर्ने निर्णय भएको जानकारी दिए। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नामावली संकलनको काम स्थगित गरेर अद्यावधिक गर्ने काम सुरु हुने बताए। ‘मंगलबारबाट मतदाता नामावली संकलनको काम हुँदैन,’ उनले भने, ‘अद्यावधिक गरेर बाँकी तयारीमा अघि बढ्छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here