काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ ।
उनका अनुसार विज्ञ रेनोल्डस्ले गत सन् २००४ मा गर्नुभएको अध्ययनले माथिल्लो तामाकोसीको बाँध÷जलाशयभन्दा उत्तर तामाकोसी नदीको जलाधारमा अधिकतम पाँच हजार घनमिटर प्रतिसेकेन्ड जीएलओएफ रहेकोमा अहिले घटेर दुई हजार २५० घनमिटर प्रतिसेकेन्ड भएको हो । बाँध, लामाबगर क्षेत्रसहित तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको असर कम हुने देखिएको छ ।
सन् २००४ मा प्रा।डा। रेनोल्डस्ले गरेको अध्ययनमा देखाइएको च्छोरोल्पा तालको छ हजार पाँच सय घनमिटर प्रतिसेकेन्डको सम्भावित जीएलओएफकै आधारमा आयोजनाको विद्युत् गृह र टेलरेसको अवस्थिति डिजाइन गरी निर्माण गरिएको पनि उनले स्पष्ट पारे । आयोजनाको बाँध पाँच हजार घनमिटर प्रतिसेकेन्ड जीएलओएफलाई थेग्ने गरी निर्माण गरिएको पनि उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकबाट
















