प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग लगाएर मात्र नहुने छानबीन हुनुपर्छ

73

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग लगाएर मात्र नहुने बताएको छ। उनका विषमा थप छानबिन हुनुपर्ने नेपाल बारका महासचिव लिलामणि पौडेलले प्रतिक्रिया दिए।

प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बार गत कात्तिकदेखि आन्दोलित छ। कार्यपालिकासँग भाग मागेको, न्यायालयलाई स्वतन्त्र र निष्पक्ष बनाउन नसकेको, विचौलियाले प्रवेश पाएको बारको आरोप थियो।

बार र सर्वोच्च अदालतका न्यायाधीश राणाविरुद्ध आन्दोलनमै रहेका बेला आइतबार सत्तारुढ दलका सांसदले राणाविरुद्ध संसद् सचिवालयमा महाभियोग दर्ता गराएका छन्।

राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता  र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको महाभियोग प्रस्तावमा उल्लेख गरिएको छ।

यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको,  विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको उल्लेख गर्दै उनलाई महाभियोग लगाउनुपर्ने अवस्था सिर्जना भएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here