घोराही । राष्ट्रघाती एमसीसीविरुद्ध संयुक्त बिरोध प्रदर्शन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी सहित पाँच पार्टी र दुई मोर्चाको आयोजनामा आज घोराहीमा सो प्रदर्शन हुने भएको हो ।
बिरोध प्रदर्शन १२ बजे घोराहीको ट्राफिक चोकबाट र्याली सुरु भएर घोराहीका विभिन्न चोक परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत हुने नेकपा दाङले जनाएको छ ।
एमसीसी सम्झौताको विरुद्धमा आम देशभक्त नेपाली नागरिकहरुलाइ राष्ट्रको रक्षाका निम्ति सडक संघर्षमा उत्रन नेकपा दाङ लगाएत संयुक्त दलले आह्वान समेत गरेका छन्।


















