प्रम देउवाले ओलीलाई आवश्यक परे सरकारमा सहकार्य गर्न अनुरोध

142

काठमाडाैं  । प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन्।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न अनुरोध गरेका हन्। यसअघि प्रधानमन्त्री देउवाले ओलीलाई एमसीसी पास गराउनका लागि सहकार्य गर्दै आएका थिए ।

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि एमाले अध्यक्ष ओलीलाई भेट्न हिजो राति ९ बजेतिर पत्नी आरजु राणासहित प्रधानमन्त्री देउवा बालकोट पुगेका थिए । प्रधानमन्त्री र ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि यही विषयमा छलफल भयो भन्नेबारे सार्वजनिक गरिएको छैन । तर, भेटमा ओलीले अब सत्ता गठबन्धन कसरी अगाडि बढ्छ ? भनेर जिज्ञासा राखेका उनको सचिवालयले जनाएको छ । एमालेले एमसीसी अनुमोदन गर्ने/नगर्ने पक्षमा स्पष्ट निर्णय गरिसकेको छैन ।

आज सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएकाले गठबन्धनले के निर्णय गर्छ भन्ने पर्खाइमा एमाले छ । हिजोको बैठकमा पनि सहमति नजुटेपछि गठबन्धनको बैठक आज फेरि बस्न लागेको हो ।
प्रधानमन्त्री देउवाले आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी गरे पनि यथास्थितिमा एमसीसीलाई अगाडि नबढाउने माओवादी केन्द्र र एकीकृत समावादी पार्टीले अडान राख्दै आएका छन् । सहमति नगरि एमसीसी अगाडि बढाइए सरकारबाट बाहिरिने माओवादी केन्द्रले चेतावनी दिएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन छोडेमा सरकार अल्पमतमा पर्ने भएकाले प्रधानमन्त्री देउवाले एमालेसँगको सहकार्यका लागि छलफल चलाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here