सीमावर्ती बााधका कारण वार्षिक साढे १२ हजार बिघा नेपाली भूमि डुबानमा
वसन्त खड्का
गत साउन महिनाको दोस्रो साता सप्तरीको तिलाठी नजिकै नेपाल भारत सीमाको दशगजा क्षेत्र मिचेर भारतीय पक्षले बााध निर्माण सुरु गरेपछि त्यसले नेपाली भूमि डुबानमा पर्ने भएपछि त्यस क्षेत्रमा विवाद उत्पन्न भयो । दशगजा क्षेत्रलाई नै मिचेर बााध निर्माण गरी नेपाली भूमि डुबानमा पार्न थालेपछि नेपालका तर्फबाट स्थानीयबासीहरुले नै मिलेर उक्त बााध भत्काइदिए । भारतले एकतर्फी रुपमा निर्माण गरेको बााध नेपालीहरुले भत्काइदिएपछि भारतीय पक्ष नेपालीहरुमाथि जाइलागे । भारतीय व्यवहारको विरोध गर्दा तिलाठी निवासी सप्तरीका पूर्वजिविस सदस्य देवनारायण यादव, रोशनकुमार झालगायतका झण्डै आधा दर्जन नेपालीहरु घाइते हुन पुगे । यसपटक नेपालीहरुले भारतीय प्रवृत्तिको विरोध गर्दै सीमा क्षेत्रमा बनाएको बााध भत्काउने साहसिक निर्णय गरेका थिए । यस्तो प्रवृत्ति भारतीय पक्षले लामो समयदेखि दोहोर्याउादै आएको छ । यसलाई नेपालको सरकारी तहबाट रोक्न खासै पहल नगर्दा प्रत्येक वर्ष नेपालको तराई क्षेत्रका लाखाौ नेपालीहरु प्रभावित हुने, सयाौको ज्यान जाने तथा हजाराौ बिघा नेपाली भूमि डुबानमा पर्ने समस्या रहादै आएको छ ।
यस कारण सीमा क्षेत्रमा बााध बनाउाछ भारत
भारतले नेपालको सीमा क्षेत्रमा बााध बनाउनुका पछाडि मुख्य चार कारण रहेको सीमाविद् बुद्धिनारायण श्रेष्ठको तर्क छ । श्रेष्ठ पहिलो कारण भारतले आफ्नो भूमिलाई वर्षात्को समयमा बाढीबाट बचाउनका लागि सीमा क्षेत्रमा बााध बनाउने गरेको जनाउाछन् । त्यस्तै दोस्रो कारण सुख्खा मौसममा आफ्नो भूमिलाई सञ्चित पानीबाट हराभरा बनाउन र सिाचाइ सुविधामा वृद्धि गर्नु उसको अर्को उद्देश्य रहेको श्रेष्ठको तर्क रहेको छ । त्यस्तै, तेस्रो कारण जलविद्युत् उत्पादन र चौंथो कारण खानेपानीको आपूर्ति रहेको उनको भनाइ छ । यिनै उद्देश्य पूरा गर्नका लागि भारतले नेपालबाट बहने नदीलाई छेकेर बााध तथा नहर एवं दायााबायाा बीसाौ किलोमिटर लामो उच्च तटबन्ध निर्माण गर्ने गरेको श्रेष्ठ जनाउाछन् ।
भारतले सीमासागै जोडेर बााध बनाउनुका पछाडि दुईवटा प्राविधिक तथा आर्थिक कारण रहेको जनाउाछन् । प्राविधिक कारणमा नेपालका नदीहरु तराई क्षेत्रसम्म पुग्दा खासै फैलिएका हुादैनन् । नदीले सानो क्षेत्रलाई मात्र ओगटेकाले नदीको घााटीमै बााध बनाउादा बााधको लम्बाइ छोटो भए पनि पुग्छ । अर्काेतर्फ छोटो बााध बनाउादा त्यसमा लाग्ने लागत पनि कम हुने भएकाले भारतले सकेसम्म नेपालकै सीमा क्षेत्रमा बााध बनाउने गरेको श्रेष्ठको तर्क छ । नेपाल तथा भारतको सीमावर्ती क्षेत्रमा लगभग ६० स्थानमा डुबान समस्या रहेको छ । डुबानका दृष्टिले संवेदनशील क्षेत्रमा भारतले बााध, तटबन्ध, सडक तथा रेलवेलाइन लगायतका पूर्वाधार निर्माण गर्दै लगेकाले नेपाली भूमि डुबानमा पर्ने गरेको श्रेष्ठको भनाइ छ । भारतले नेपालबाट बग्ने नदीको दुवैतर्फ तटबन्ध बनाउने विकल्प खोजेकाले नेपालको डुबान समस्या थप जटिल बन्दै गएको सीमाविद्हरु जनाउाछन् ।
किन हुादैन समस्याको समाधान ?
नेपाल र भारतको सीमा क्षेत्रमा निर्माण भइरहेका बााधका कारण तराई क्षेत्रमा हुने डुबान नौलो विषय होइन । यो समस्या समाधानका लागि पहिलोपटक नेपालका तत्कालीन राजा वीरेन्द्र तथा भारतीय प्रधानमन्त्री राजीव गान्धीका बीचमा सन् १९८४मा बंगलादेशको ढाकामा भएको पहिलो सार्क सम्मेलनमा यस विषयमा छलफल भएको थियो । नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय बैठकपश्चात् भएको अध्ययनले दुई मुलुकका बीचमा समस्या निम्त्याउने ३३ वटा बााधहरु रहेको र त्यसमध्ये भारतका कारण नेपालले नोक्सानी भोग्नुपर्ने २९ वटा बााध रहेको निष्कर्ष निकाल्दै समस्या समाधानका लागि पहल गर्ने निर्णय गरिएको थियो । त्यसपछिका दिनहरुमा नेपालका तर्फबाट ती विषयहरुलाई सशक्त ढंगले उठान गरिएन । यसका पछाडि नेपालको राजनीतिक नेतृत्व भारतप्रति बफादारी मुख्य कारण रहेको जलस्रोतविद्हरुको तर्क छ । यस विषयमा जलस्रोतविद् तथा पूर्वऊर्जासचिव शीतलबाबु रेग्मी भारतले नेपाललाई असर पर्ने गरी सीमा क्षेत्रमा संरचना निर्माण गर्दा नेपालसाग कुनै छलफल नै नगर्ने र पछि नेपाली पक्षले त्यस विषयमा आवाज उठाउादा निर्माण भइसकेका संरचनालाई भत्काउनुभन्दा कम क्षति कसरी गराउन सकिन्छ भनेर विकल्प खोज्ने गरेको जनाउाछन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठ भने नेपाल र भारतका बीचमा भारतीय बााधका कारण हुने डुबान समस्या समाधानका लागि उच्चस्तरीय प्राविधिक समिति, तटबन्ध निर्माणसम्बन्धी स्थायी समिति तथा अन्य संयुक्त समिति तथा उपसमितिहरु भए पनि नेपालमा वर्षेनी भइरहने डुबान समस्या तथा त्यसबाट हुने ठूलो धनजनको क्षतिको विवरण तथा यसलाई रोक्नका लागि ती समितिमार्फत नेपाली पक्षले पहल गर्दा भारतीय पक्षबाट सुनुवाइ नहुने गरेको जनाउाछन् ।
नेपालको तराईलाई वर्षेनी डुबानमा पार्ने भारतीय बााध र तिनको असर
नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेका बााधका कारण वार्षिक औषतमा वर्षायाममा १२ हजार ४ सय २७ बिघा र हिउादयाममा २८२५ बिघा नेपाली जमिन डुबानमा पर्ने गरेको छ । सामान्य वर्षाको अवस्थामा डुबान हुने यो तथ्यांक ठूलो वर्षा हुादा तथा नदीमा अनियन्त्रित बाढी आउादा थप बढ्ने सीमाविद् श्रेष्ठ जनाउाछन् । यसरी नेपाली भूमि डुबानमा पार्ने भारतीय बााध, तटबन्ध तथा तटबााधको संख्या मुख्य गरी १९ वटा रहेको र बााकी दुईवटा बन्ने तयारीमा रहेको श्रेष्ठले जानकारी दिए । यो संख्या कतिपय सागै रहेका दुईदेखि तीनवटासम्म बााध वा तटबन्धहरुलाई समेत जोडेर एउटै मानिएको उनको भनाइ छ । जलस्रोतविद् शीतलबाबु रेग्मी भने यो संख्या हाल २९ रहेको जनाउाछन् । यस्ता सीमावर्ती बााध तथा तटबन्धका कारण नेपालले प्रत्येक वर्ष डुबानको समस्या भोग्दै आएको छ । नेपालमा डुबान गराउने भारतीय बााध तथा तटबन्धहरुको विवरण यसप्रकार रहेको छ :
लक्ष्मणपुर बााध : नेपालका पााचवटा जिल्ला हुादै बााके जिल्लाको दक्षिणी भागबाट भारततर्फ बगेको राप्ती नदीलाई नेपालको सीमाबाट नजिक रहेको भारतको उत्तरप्रदेशको बहराइच जिल्लास्थित लक्ष्मणपुरमा छेकेर बााध बनाइएको छ । उक्त बााधको संरचना नेपाल–भारत अन्तर्राष्ट्रिय सीमारेखाको ४.५ किलोमिटर दक्षिण क्षेत्रमा रहेको छ । २०३९ सालमा निर्माण सुरु गरेर २०४२ सालमा एकतर्फी निर्माण सम्पन्न गरेको उक्त व्यारेजको लम्बाइ २८४ मिटर, ५.५ मिटर अग्लो र ७ मिटर चौडाइ रहेको बााधमा १५ वटा ढोका रहेका छन् । सीमा क्षेत्रबाट तीन सय मिटरको दूरीमा रहेको उक्त बााधका कारण प्रत्येक वर्षामा नेपालतर्फ प्रकोपको अवस्था सिर्जना हुन्छ । उक्त बााधले नेपालबाट बग्ने गन्धेली, सोतिया, डुण्डुवा नालाको प्राकृतिक बहावलाई थुनिदिएको छ । वि.सं.२०५७ सालमा आएको बाढीका कारण बााकेका पााच गाविसहरु होलिया, बेतहनी, फत्तेपुर गंगापुर र मेटेहियालगायतका अन्य कैयाौ गाउाहरु डुबानमा परेका थिए भने ३३६७ बिघा जमिन डुबानमा परेको थियो । यसका कारण १७२३ परिवारका ८००० वासिन्दाहरु बिचल्लीमा परेका थिए । उक्त बााधका कारण झण्डै तीन दर्जन नेपालीहरुको ज्यान गएको छ ।
महलीसागर बााध : कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १० किलोमिटर दक्षिणमा नेपाल–भारत सीमा स्तम्भ नं. ५० र ५१ को बीचमा अन्तर्राष्ट्रिय सीमारेखाबाट १५० मिटरको दूरीमा नेपालबाट बग्ने महसई नदीलाई थुनेर भारतले महलीसागर बााध बनाएको छ । भारतको उत्तरप्रदेशको सिद्धार्थनगर जिल्ला सोहरथगढ ठानाअन्तर्गत मर्जादपुरको महली गाउानजिक निर्माण गरिएको उक्त बााधका कारण नेपालको सीमापार भएर बग्ने महसई नदीका सथै वाणगंगा नदी, परसोही नालालगायतको प्राकृतिक बहाव रोकिएको छ । उत्तरप्रदेशको सिद्धार्थनगरमा रहेका सुख्खा क्षेत्रको सिाचाइ गर्नका लागि बनाइएको उक्त बााध ३० मिटर लामो, ४.७ मिटर अग्लो र २ मिटर चौडा रहेको छ । १५ वटा ढोका रहेको उक्त बााधमा १०२ क्युमेक्स पानी प्रवाह गर्नसक्ने क्षमता रहेको छ । उक्त बााधका कारण नेपालका तीनवटा गाविसहरु बेदौली, रंगपुर र पर्साेहिया गाविसमा डुबानको समस्या रहादै आएको छ । उक्त बााधका सबै ढोका बन्द गरिादा नेपालको ५०० हेक्टर जमिन डुबानमा पर्ने गरेको छ
। यसमध्ये ३०० हेक्टर जमिन खेतीयोग्य रहेको छ । उक्त बााधका कारण एक हजार परिवारका पााच हजार नेपाली डुबानबाट प्रभावित भएका छन् । कपिलवस्तुमै रहेका अन्य बजा सागर, सिस्वा सागर तथा मर्थी सागरका कारण पनि नेपालले डुबान सहादै आएको छ ।
रसियावाल–खुर्द–लोटन जोर्ती–तटबााध : रुपन्देही जिल्लाको लुम्बिनीबाट ६ किलोमिटर दक्षिण मर्चवार क्षेत्रको नेपाल–भारत सीमारेखा नजिकै भारतले बनाएको बााध हो यो । यो बााधका कारण नेपालबाट मर्चवार हुादै भारततर्फ बग्ने दानव र डन्डा नदीको प्राकृतिक बहावलाई रोकिदिन्छ । तीन किलोमिटर लामो, २.५ मिटरदेखि ६ मिटरसम्म अग्लो तथा १५ मिटर चौडाइ रहेको यो तटबााधमा १००० क्युसेकसम्म पानी पठाउन सक्ने क्षमता रहेको छ । नेपाल–भारत सीमा स्तम्भ नं. ३० बाट १०० मिटरको दूरीमा रहेको यो तटबााधका कारण नेपालका ८ गाविसहरु गुमुवा, पिप्रहवा, आमा, भगवानपुर रोहिणिहवा, करौंता, बेतकुइया र भदैली डुबानमा पर्ने गरेका छन् ।
टनकपुर बााध : कञ्चनपुर जिल्लाको जिमुवापश्चिम महाकाली नदीमा बनाइएको यो बााध नेपाल–भारत सीमा स्तम्भ १ र २ एको बीचमा पर्ने गरी निर्माण गरिएको छ । ४४० मिटर लम्बाइ र २६ वटा ढोका रहेको यो ब्यारेजका कारण २.९ हेक्टर नेपाली जमिनको अस्तित्व गुमेको छ । यो बााधका कारण २२२ हेक्टर नेपाली भूमि तथा जंगल क्षेत्र डुबानमा पर्ने गर्छ ।
शारदा बााध : कञ्चनपुर जिल्लाको महेन्द्रनगरको गड्डाचौकी बनवासापश्चिम नेपाल र भारतबीच बगेको सीमानदी महाकालीमा भारतले बनाएको बााध हो यो । यो बााध भारतको उत्तराञ्चल प्रदेश चम्पावत जिल्लाको बनवासामा काली नदीलाई ब्यारेजले छेकेर बनाइएको छ । भारतको उत्तराञ्चल र उत्तर प्रदेश राज्यमा सिाचाइको प्रबन्ध मिलाउनका लागि यो बााधको निर्माण गरिएको हो । उक्त बााधबाट भारतले आफूलाई धेरै भएको पानी जोगबुढा नालामार्फत नेपालतर्फ निकासी गर्दा नेपालको चाादनी र दोधाराको जमिन कटानमा हुने गरेको छ ।
कैलाशपुरी बााध : कैलाली जिल्लाको लालबोझी गाविस–८ मा कौवाखेडाको नेपाल–भारत सीमा रेखाबाट करिब १० किलोमिटर दक्षिण दूरीमा भारतीय भूमिमा बनेको बााध हो यो । २०४० सालमा निर्माण भएको यो बााधमा १२४ ढोका रहेका छन् । यो बााधका कारण कैलालीको सीमावर्ती क्षेत्रका बासिन्दाहरु वर्षायाममा डुबानको समस्यामा पर्ने गरेका छन् । २०६५ सालको भदौ महिनामा उक्त बााधका कारण दुई दर्जनबन्दा बढी गाविसको ७० प्रतिशत भूभाव जलमग्न भएको थियो । उक्त बााधका कारण बेला–बेलामा हुने डुबानका कारण कैयाौ स्थानीय बासिन्दाहरु विस्थापित हुने गरेका छन् भने कैयौाले ज्यान गुमाउने गरेका छन् ।
कोइलाबास बााध : दाङ जिल्लाको लमही नजिकै कोइलाबास गाउाको दक्षिणतर्फ भारतले आफ्नो भूमिमा बनाएको बााध हो यो । नेपाल–भारत सीमा स्तम्भ ३७ बाट २० मिटरको दूरीमा दराखोलामा बनाइएको यो बााधको दशगजा क्षेत्र नजिकै रहेको छ । ५० मिटर लम्बाइ, २ मिटर अग्लो यो बााधका कारण वर्षायाममा नेपालको कोइलाबास बजार डुबानमा पर्ने गरेको छ । यसका कारण करिब तीन हजार बासिन्दा प्रभावित हुने गरेका छन् ।
डन्डा फरेना तटबन्ध : रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकाको दक्षिण सीमास्तम्भ नं ५१९(२५) को नजिकै दशगजा क्षेत्रमा भारतले माटो थुपारेर बनाएको संरचना हो यो । दुई देशको अन्तर्राष्ट्रिय सीमा स्तम्भको ६ मिटरको दूरीमा रहेको छ । तीन किलोमिटर लम्बाइ, २.५ मिटर उचाइ रहेको तटबन्ध २०६३मा निर्माण सम्पन्न भएको थियो । यो तटबन्धका कारण नेपालबाट भारततर्फ बग्ने डन्डा नदी र सुइयानलाको प्राकृतिक बहाव रोकिएको छ । जसले गर्दा नेपालको सीमावर्ती भूमि डुबानमा पर्ने गरेको छ । उक्त तटबन्धका कारण वर्षायाममा १०० बिघा धानबाली डुबान पर्ने तथा दर्जनाौ घरहरु प्रभावित हुने गरेका छन् ।
गण्डक बााध : नवलपरासी जिल्लाको त्रिवेणी सुस्ता कुडिया गाविसको पूर्वतर्फ नारायणी नदीलाई छेकेर बनाइएको बााध हो यो । ३६ वटा ढोका रहेको यो बााधको पश्चिम नहरका कारण नवलपरासीका झण्डै एक दर्जन गाविस डुबानमा पर्ने गरेका छन् । त्यही पश्चिम नहरमार्फत नेपालका खोलानालाबाट आएको बाढी छिर्ने साईफन भारतले प्रत्येक वर्ष सफा गर्नुपर्ने भए पनि सफा नगरिदिादा साइफन थुनिएर अन्य क्षेत्रहरुसमेत डुबानमा पर्ने गरेका छन् । गण्डक बााधका कारण हुने डुबानका कारण वार्षिक बीसाौ हजार नेपालीहरु प्रभावित हुने तथा कैयाौले ज्यान समेत गुमाउादै आएका छन् । बााधका कारण हजाराौ नेपालीहरु विस्थापित हुने तथा लाखाौ रुपैयााको अन्नबाली तथा धनबाट नष्ट हुने गरेको छ ।
लालबकैया तटबन्ध : रौतहट जिल्लाको सदरमुकाम गौरबाट पश्चिमतर्फ सिर्सिया हुादै भारतको बैरगनिया पसेको लालबकैया नदीमा भारतीय पक्षले लगाएको तटबन्धका कारण गौर नगरपालिका क्षेत्रका साथै अन्य चार गाविस औरही, सिर्सिया, पुरेनवा र जयनगर डुबानमा पर्ने गरेको छ ।
बैरगनिया चक्र तटबन्ध : रौतहटको गौरदेखि दक्षिणतर्फ नेपाल–भारत सीमा दशगजाको समानान्तर हुने गरी भारतले आफ्नो सीमावर्ती क्षेत्रमा बनाएको तटबन्ध हो यो । नेपालको सीमा रेखासाग जोडेर बनाएको यस तटबन्धका कारण गौर बजार क्षेत्रसहित अन्य पााच गाविस क्षेत्रमा ठूलो जनधनको क्षति हुने गरेको छ । यो तटबन्धका कारण लालबकैया नदी र बाग्मती नदीको बहावमा अवरोध हुादा नेपाली भूमि डुबानमा पर्दै आएको हो ।
बाग्मती तटबन्ध : बैरगनिया चक्र तटबााधसाग सम्बन्धित यो तटबन्ध भारतले आफ्नो सीमावर्ती भूमिमा बनाएको हो । यसका काण नेपालको भूमि जलमग्न हुने, डुबान हुने तथा स्थानीय बासिन्दाहरुको धनसम्पत्ति एवं खाद्यान्नबालीसमेत नष्ट भई सीमावर्ती क्षेत्रका बासिन्दाहरुलाई शरणार्थी बन्न बाध्य बनाउाछ ।
कमला तटबन्ध : धनुषा र सिराहा जिल्लाको सीमा भएर भारततर्फ बग्ने कमला नदीको दायााबायाा बनाइएको तटबन्धको संरचना हो यो । भारतले आफ्नो सिाचाइ सुविधाका लागि निर्माण गरेको उक्त तटबन्धका कारण वर्षाको समयमा नेपालतर्फ बाढी आउने र पानी नदीबाट निकास हुन नसक्दा नेपाली भूमि डुबानमा पर्ने गरेको छ ।
सिराहा तटबााध : सिराहा जिल्लाको सदरमुकामदेखि पााच किलोमिटर दक्षिणपूर्वी भारतीय सीमा क्षेत्रको दशगजामा निर्माण भएको तटबन्ध तीन किलोमिटर लामो रहेको छ । १० फिट अग्लो र २० फिट चौडाइ रहेको उक्त तटबााधका कारण हरकट्टी, बरियारपट्टी, सुखीपुर, इट्टाटार, जानकीनगर र सन्हैठाललगायतका ६ गाविस डुबानमा पर्ने गरेका छन् ।
खााडो तटबन्ध : सप्तरी जिल्लाको सदरमुकाम राजविराजदेखि दक्षिण लालापट्टी नजिकै खााडो नदीमा बनाइएको तटबन्ध हो यो । यो तटबन्धका कारण भारततर्फ बग्ने खााडो नदी अवरुद्ध हुन गई नेपाली भूमि डुबानमा पर्ने गरेको छ । यसरी डुबानमा पर्नेमा लौनिया, विशहरीया, तिलाठी, सकरपुरा, देउरीभरुवा, कोचाभखारी र लालापट्टी गरी सातवटा गाविस रहेका छन् । यो तटबन्धका कारण करिब १८९० हेक्टर नेपाली जमिन डुबानमा पर्ने गरेको छ ।
कुनौली तटबााध : सप्तरीको सदरमुकामदेखि १० किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्रमा रहेको यो बााध सीमास्तम्भ २२२ र २२३ देखि पााच मिटरको दूरीमा रहेको छ । भातको विहारस्थित सुपौल जिल्लामा निर्माण गरिएको उक्त तटबााध २ किलोमिटर लामो पााच मिटर अग्लो रहेको छ । नेपालबाट भारततर्फ बग्ने जिता नदी, खााडो नदीमा आएको वर्षे भेल र कोशी तटबन्धबाट चुहिएर आएको पानीलाई यस तटबन्धले छेकिदिादा सीमावर्ती नेपाली भूभाग डुबानमा पर्ने गरेको छ । यसरी डुबान हुने क्षेत्रमा तिलाठी, रामपुरवा, मल्हनिया, सकरपुरा, कोइलाडी, लौनियाा विसहरिया, इनर्बा, हनुमाननगर, बर्साइन र बमनगामाकट्टी लगायतका ११ गाविस रहेका छन् । यसबाट प्रत्येक वर्ष ५० हजार मानिस प्रभावित हुने गरेका छन् ।
कोशी बााध : सप्तरीको भारदहदेखि पूर्व र सुनसरीको भन्टाबारीदेखि पश्चिमतर्फ कोशी नदीलाई बााधेर बनाइएको बााध हो यो । यो बााधको पूर्वी भाग सीमा रेखादेखि ३५० मिटरको दूरी र पूर्वी भाग १४०० मिटरको दूरीमा रहेको छ । ११७५ मिटर लामो, १८ मिटर अग्लो र सात मिटर चौडा रहेको यस बााधमा ५६ वटा ढोका रहेका छन् । कोशी बााध तथा तटबन्धका कारण नेपालको ६८०० हेक्टर जमिन डुबानमा पर्ने गरेको छ । यसका कारण नेपालका २२ गाविस प्रत्यक्ष प्रभावमा परेका छन् । कोशी बााधका कारण २१ हजार १ सय ९१ घरधूरीका एक लाख २२ हजार ३०५ जनसंख्या प्रत्यक्ष प्रभावमा परेका छन् ।
कोशी उच्च बााध : सप्तकोशी नदीको घााटीमा निर्माण प्रस्ताव गरिएको र सम्भाव्यता अध्ययन भइरहको यो बााध सीमा रेखाबाट ५० किलोमिटर उत्तरमा रहेको छ । हालको कोशी बााधको वैकल्पिक बााधका रुपमा निर्माण हुन लागेको उक्त बााध दुई किलोमिटर लामो र २६९ किलोमिटर अग्लो हुनेछ । कोशी उच्च बाााध निर्माणकार्य सम्पन्न भएपछि तमोर, अरुण र सुनकोशी नदीको तल्लो तटीय क्षेत्र डुबानमा पर्ने निश्चित जस्तै छ । प्रस्तावित यो बााधका कारण पााचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुली, उदयपुर, सुनसरी र मोरङ गरी ११ जिल्लाका ७९ गाविसका २५० भन्दा बढी बस्तीहरु पूर्णरुपमा वा आंशिक रुपमा गरी १९६ वर्ग किलोमिटर भूभाग डुबानमा पर्नेछन् । यसले १५ हजार घरधूरीका झण्डै ७५ हजार जनता विस्थापितमा पर्ने अनुमान गरिएको छ ।
लुना तटबन्ध : मोरङको बरडङगा गाविस हुादै भारततर्फ बगेको बक्राहा नदी (जसलाई भारतमा लुना नदी भनिन्छ) मा सीमा नजिकै भारतले बनाएको तटबन्ध हो यो । दशगजा क्षेत्र नजिकै बनाइएको यो तटबन्ध भारतले नेपाली भूमि मिचेर बनाएको छ । नेपाली पक्षले अन्तर्राष्ट्रिय सीमा मिचिएको भन्दै तटबन्ध भत्काउनका लागि समेत भारतीय पक्षलाई आग्रह गरेको थियो । यो तटबन्धका कारण नेपालको बक्राहा नदीको पानी सहज ढंगले निकास हुन नपाउादा झण्डै ११ हजार हेक्टर नेपाली भूमि डुबानमा पर्ने गरेको छ भने ३५ हजार नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित हुने गरेका छन् ।
पञ्चेश्वर बााध : यो बााध महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिअन्तर्गतको एउटा परियोजना हो । प्रस्तावित बााधका रुपमा अघि सारिएको यो योजना बैतडी जिल्लाको पञ्चेश्वर कुलाउ गाविसदेखि पश्चिम महाकाली नदी सााघुरो भएको स्थानामा बनाउन प्रस्तावित गरिएको छ । ३१५ मिटर अग्लो र ८६० मिटर लामो बनाउने प्रस्ताव गरिएको यो बााध निर्माण भएको खण्डमा ११६ वर्गकिलोमिटर क्षेत्रफलको भूभाग जलाशयमा परिणत हुनेछ । यसबाट नेपालका १८ गाविस प्रभावित हुने जनाइएको छ । यसबाट १५ हजार ४०० नेपाली विस्थापित हुनुपर्नेछ ।
पूर्णागिरि बााध : डडेलधुरा जिल्लाको जोगबुढा गाविस कौवानी र भारतको उत्तराञ्चल प्रदेश पिथौरागढ जिल्लाको पूर्णगिरि पहाड श्रीकुन हिन्दू मन्दिरको फेदीनजिक महाकाली नदीमा बनाउन लागिएको बााध हो यो । हाल प्रस्तावित बााधका रुपमा रहेको यो आयोजनाको उचाइ १५८ मिटर अग्लो हुनेछ । उक्त बााध निर्माण भएको खण्डमा नेपालको २००० हेक्टर कृषियोग्य जमिन एवं २४०० हेक्टर सालको जंगल क्षेत्र तथा अन्य भूभाग गरी १० हजार हेक्टर जमिन डुबानमा पर्नेछ । यसबाट डडेलधुराका १३ गाउाबस्ती डुबानको चपेटामा पर्नेछन् भने ३५ हजार नेपाली प्रत्यक्ष र १५ हजार नेपाली अप्रत्यक्ष रुपमा प्रभावित हुने अनुमान गरिएको छ ।
अधिकांश बााध अन्तर्राष्ट्रिय कानुनविपरीत
सीमावर्ती बााध निर्माणका सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय कानुनहरु बनेका छन् । ती मध्येको एउटा हेल्सीन्की रुल्स १९६६ ले धारा २९.२ मा नदी बेसिन प्रणालीमा फेरबदल ल्याई विवाद उत्पन्न हुनेगरी सिमानामा कुनै संरचना बनाउन हुादैन भनेको छ । उक्त कानुनले समस्याको समाधान हुन नसकेको खण्डमा अन्तर्राष्ट्रिय अदालतलाई समेत गुहार्न सकिने उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय नदीसम्बन्धी संयुक्त राष्ट्रसंघीय कानुनको धारा ७ मा अन्तर्राष्ट्रिय नदी आफ्नो सीमावर्ती क्षेत्रमा प्रयोग गर्ने मुलुकले अर्काे मुलुकलाई हानिनोक्सानी नपुग्ने गरी सावधानी अपनाउनुपर्ने भनी उल्लेख गरिएको छ । त्यस्तै, सोही कानुनको धारा १२ मा कुनै मुलुकले सीमावर्ती क्षेत्रमा काम गर्दा अर्काे मुलुकलाई असर पर्ने भएमा समयमै जानकारी गराउनुपर्ने उल्लेख गरेको छ । त्यस्तै धारा २७ मा एउटा मुलुकले अर्काे मुलुकलाई प्राकृतिक वा मानवीय क्रियाकलापका कारण हानिनोक्सानी नपुर्याउन सावधानी अपनाउन सतर्क गराएको छ । अन्तर्राष्ट्रिय सीमा जल सन्धि १९०९ को धारा ३ मा सिमानाको अर्काेतर्फको पानीको सतह बढ्ने गरी अन्तर्राष्ट्रिय संयुक्त आयोगको सहमति नलिई सीमाको एकतर्फबाट बााध वा संरचना बनाउनु हुादैन भनी उल्लेख गरेको छ । यस्ता कैयाौ अन्तर्राष्ट्रिय कानुनहरुको खिल्ली उडाउादै भारतले एकतर्फी रुपमा बााध, तटबन्ध तथा नेपाललाई असर पुग्ने किसिमका संरचनाहरु बनाउने गरेको छ ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार कुनै पनि मुलुकले सीमा क्षेत्रमा कुनै संरचना बनाउादा वा अर्काे मुलुकलाई असर पर्ने किसिमका पूर्वाधार निर्माण गर्दा नजिकै रहेको अर्काे छिमेकीलाई उक्त कामबारे प्रस्ताव लैजानुपर्ने हुन्छ । ६ महिनासम्म अर्काे मुलुकको प्रतिक्रियाको पर्खने र त्यति बेलासम्म कुनै प्रतिक्रिया आएमा दुई पक्षीय सहमतिमा काम अघि बढाउने र प्रतिक्रिया नै नआएको खण्डमा ६ महिनापछि काम अघि बढाउन सक्ने भए पनि नेपाल मामिलामा भारतले कुनै पनि बााध निर्माण गर्दा यस्तो प्रस्ताव नल्याएको सिाचाइ विभागका पूर्व–महानिर्देशक माधव बेल्वासेको भनाइ छ ।
यसरी सम्भव छ समस्याको समाधान
नेपाल–भारत सीमावर्ती बााधका कारण हुने डुबानको समस्याका पछाडि भारतीय स्वार्थसागै नेपाली राजनीतिक नेतृत्वको इच्छाशक्ति नहुनु प्रमुख कारण रहेको जलस्रोतविद्हरु जनाउाछन् । नेपालले प्रत्येक वर्ष वर्षा तथा हिउादमा समेत डुबानको समस्या भोगिरहादा नेपाल सरकारले भने यसको रोकथामका लागि भारतीय पक्षसाग कुनै पहल गरेको पाइादैन । यसले गर्दा समस्या थप जटिल बन्दै गइरहेको छ । सीमाविद् श्रेष्ठ यस्तो समस्या समाधानका लागि केही महत्वपूर्ण पहल नेपालका तर्फबाट हुनुपर्ने जनाउाछन् । उनी यो समस्या समाधानका लागि दुई मुलुकबीचमा बनेका समस्या समाधान समिति, प्राविधिक समितिलगायतका विज्ञहरुसहितको टोलीलाई सक्रिय बनाउादै समस्याको कारण र समाधानको उपाय खोज्नुपर्ने जनाउाछन् । उनी थप डुबान नहोस् भनेर सीमा क्षेत्रमा नयाा संरचनाको निर्माण गर्न नहुने वर्षायामको बाढीमा बााध तथा तटबन्धमा बनाइएका ढोकाहरु पूरै खोल्नुपर्ने, नदीको बहावको समकोणमा तटबन्ध बनाउन रोक्नुपर्ने र समस्या समाधानका लागि भारतको केन्द्रीय तथा प्रान्तीय सरकारसाग यस विषयमा गम्भीर छलफल गर्नुपर्ने जनाउाछन् । त्यस्तै, समस्या समाधानका लागि राजनीतिक तथा कूटनीतिक तहबाट छलफल अघि बढाउनेदेखि जनस्तरबाट दबाब सिर्जना गर्दै माथिल्लो तहसम्म दबाब सिर्जना गर्ने र यसबाट समेत समस्याको समाधान हुन नसकेको खण्डमा अन्तर्राष्ट्रिय संस्थाहरु समेत गुहार्न सकिने श्रेष्ठको तर्क छ । भारतले नेपालको सीमा क्षेत्रमा बााध निर्माण गर्दा अन्तर्राष्ट्रिय मापदण्डविपरीत, हेलिसिन्की अभिसन्धि, जलसन्धि कानुन, संयुक्त राष्ट्रसंघीय कानुन, नदीको उपयोगसम्बन्धी अन्तर्राष्ट्रिय नियमावली मिचेर एकतर्फी रुपले संरचना निर्माण गरेकाले त्यस्ता संरचना नियमअनुसार नबनाएमा वा नेपालमा डुबान गराउने कामलाई निरन्तरता दिएको खण्डमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय अदालतलाई गुहार्न सकिने श्रेष्ठको तर्क छ ।
















