घाँटीको कालो दागबाट छुटकारा पाउन गाेलभेडा उपयुक्त

127

घाँटीमा हुने फोहोर निकै नराम्रो देखिन्छ । जसका कारण घाँटीको भाग कालो देखिन थाल्छ । घाँटीमा आउने पसिना राम्रोसँग सफा नगर्दा तहको रूपमा जम्मा हुन्छ । जुन एकदमै नराम्रो र कालो देखिन्छ । यस्तो अवस्थामा गाेलभेडाको मद्दतले सफा गर्न सकिन्छ । यसरी घाँटी सफा गर्न सकिन्छ ।

गाेलभेडा र बेकिङ सोडाको प्याक
कालो घाँटीलाई चम्किलो बनाउनु छ भने बेकिंग सोडामा ताजा गाेलभेडाको रस निकाल्नुहोस् र अलिकति पानी हालेर यसलाई तयार गर्नृुहोस् ।

यसमा एक चम्चा बेकिङ सोडामा दुई–तीन चम्चा टमाटरको रस मिसाई यो गाेलभेडाको पेस्ट घाँटीमा लगाउनुहोस् ।

हप्तामा दुईदेखि तीनपटक सम्म निरन्तर यसलाई लगाउनुहोस् । लगाएको १० मिनेटपछि सफा पानीले धुने गर्नुहोस् । यसो गर्दा तपाईंको घाँटीको कालो दाग हटेर जान्छ ।

गाेलभेडाको रसमा एक चिम्टी बेसार मिसाएर लगाउँदा घाँटीको कालो भाग सफा हुन्छ ।

यसका लागि टमाटर र बेसारको पेस्टलाई घाँटीमा लगाई मालिस गर्नुहोस् । लगाएको १० मिनेटसम्म यत्तिकै छाड्नुहोस । यो सुकेपछि पानीले सफा गर्नुहोस् । केही दिनको लगातार प्रयोगपछि तपाईंको घाँटीमा चमक आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here