दुई खाद्य बस्तु उत्पादन एवं बिक्री वितरण गर्ने प्रालि सिल

165

काठमाडौं । अखाद्य बस्तु उत्पादन र बिक्री गरेको अभियोगमा प्रहरीले स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनि प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको छ ।

ललितपुर महानगरपालिका–२७ सुनाकोठी ओखटमा सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१ भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नरबहादुर श्रेष्ठले सञ्चालन गरेको सो कम्पनि सोमबार सिल गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ललितपुर सुनाकोठीमा केही व्यक्तिहरुले अखाद्य बस्तुहरु उत्पादन एवं बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको विशेष टोलीले खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहलको रोहबरमा दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्च पदार्थहरु नष्ट गरी कम्पनी सिल गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार दुवै कम्पनीले खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति समेत नलिई विगत तीन वर्षदेखि म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट र म्याद नाघेका पाउरोटीहरुलाई पुनः धुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्री वितरण गर्दै आएको खुलेको छ ।

यस सम्बन्धमा खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलबाट कारबाही एवं आवश्यक अनुसन्धान कार्य भइरहेको छ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here