काठमाडौं। सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ । याे आजै पारित हुने जनाइएकाे छ ।
सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शंका रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाउनुभयो ।
बैठकपछि पत्रकारसँग बोल्नुहुदै पौडेलले एमसीसी नेपालको संविधान अनुरुप लागू हुने पनि जनाउनुभयो । यो विशुद्ध विकास परियोजना भएको र अमेरिकाको सैन्य रणनीति नभएको उहाँको भनाइ छ ।















