मुटुरोग विशेषज्ञ डाक्टर खत्रीले लापरबाही गरेको ठहर

83

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा लापरबाही गरेको ठहर गर्दै एक चिकित्सकलाई कारबाही गरेको छ। काउन्सिलले मुटुरोग विशेषज्ञ डा ऋषि खत्रीलाई कारबाही गरेको हो।

नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको स्वास्थ्य जाँचमा लापरबाही गरेको भन्दै काउन्सिलले नेपाली सेनाको अस्पतालमा मुटुरोग विशेषज्ञ रुपमा कार्यरत डा ऋषि खत्रीलाई कारबाही गरेको हो

काउन्सिलमा आएको उजुरीका आधारमा छानबिन गर्दा डा खत्रीले स्वास्थ्य जाँच र उपचारका क्रममा गलत गरेको प्रमाणित भएपछि करबाही गरिएको काउन्सिलले जनाएको छ। काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले कारबाही गरिएको जानकारी मृतकको परिवारलाई पत्र मार्फत दिइएको जानकारी दिए।

क्याप्टेन राणाको १० मंसिर २०७७ मा हृदयघातका कारण मृत्यु भएको थियो । ९ मंसिर २०७७ का दिन राति मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज महसुस भएपछि राणालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको भोलिपल्ट नै क्याप्टेन राणाको मृत्यु भएको थियो।

राणाको मृत्युपछि उनको परिवारले स्वास्थ्य जाँचमा संलग्न डा खत्री र नागरिक उड्डयन प्राधिकरणका नागरिक उड्डयन चिकित्सा निर्धारक डा राजीवकुमार देवविरुद्ध उजुरी गरेका थिए।

डा खत्रीले क्याप्टेन राणाको मुटुको टिएमटी लगायतका परीक्षण रिपोर्ट सबै ठिक भएको जानकारी दिएका थिए। सोही जानकारी पछि क्याप्टेन उडानका लागि गएका थिए। तर काउन्सिलको छानबिनका क्रममा डा खत्रीले गलत जानकारी दिएर लापरबाही गरेको पाइएको हो।

‘डा खत्रीले क्याप्टेन राणाको मुटु परीक्षणका क्रममा टिएमटी लगायतका सबै परीक्षणको रिपोर्ट ठिक छ भनेका थिए। रिपोर्ट ठिक छ भनेपछि पाइलट नियमित काममा जाने क्रममा हृदयाघात भएको थियो। त्यसपछि परिवारले उनीविरुद्ध उजुरी दिएको हो,ुुुु काउन्सिलका एक सदस्यले भने, ुउजुरीमा डा खत्रीले सबै रिपोर्ट ठिक छ भनेर गलत जानकारी दिएको र लापरबाही गरेको कुरा उल्लेख छ। काउन्सिलले डा खत्रीले ठिक छ भनेको रिपोर्ट पाँच जना मुटु रोग विशेषज्ञलाई देखाएको थियो। सो क्रममा डा खत्रीले गलत जानकारी दिएको प्रमाणित भएको हो।ुुुुुु

काउन्सिलमा क्याप्टेन राणकी श्रीमती पुष्पा राणाले ४ चैत २०७७ मा उजुरी दिएकी थिइन्। उक्त उजुरीपछि काउन्सिलले सो विषयमा छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा डा खत्रीबाट उपचारका क्रममा लापरबाही भएको भेटिएको हो। डा खत्रीको स्वास्थ्य जाँच र उपचार सही नभएको र चिकित्सकीय लापरबाही गरेको ठहर गर्दै काउन्सिलले उनलाई एक वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नदिने निर्णय गरेको छ।

डा खत्रीलाई एक वर्ष तालिम र सिकाई गरेको प्रमाण पेश गरेपश्चात मात्र मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय पनि काउन्सिलले गरेको छ।

ुडा खत्रीलाई सूचना जारी भएको मितिले एक वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नदिने, एक वर्ष तालिम र थप सिकाइ गरेको प्रमाण पेश गरेपश्चात मात्रै मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय भयो,ु काउन्सिलका रजिष्ट्रार डा अधिकारीद्वारा जारी सूचनामा भनिएको छ।

यस्तै काउन्सिलले नेपाल नागरिक उड्ययन प्राधिकरणमा चिकित्सकको नियुक्ति तथा निजहरूको जिम्मेवारी सम्बन्धमा पनि विभिन्न व्यवस्था गर्न निमगलाई आग्रह गर्ने निर्णय काउन्सिलले गरेको छ।

विमान चालक पाइलटहरूको स्वास्थ्य परीक्षण गराउँदा सम्बन्धित विषयको दर्तावाला विज्ञ चिकित्सकबाट परीक्षण गराउने, विज्ञ पहिचानमा कुनै सहयोग आवश्यक भए नेपाल मेडिकल काउन्सिलमा सम्पर्क गर्ने, ४० वर्ष उमेर पुगेका पाइलटहरूको स्वास्थ्य परीक्षणलाई थप कडाई गरी विषय विज्ञको राय बमोजिम गर्ने गराउने जस्ता सुझाव निगमलाई दिने निर्णय पनि मेडिकल काउन्सिलले गरेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here