चार सातामै करिव ५८ हजारले कोरोना बिमा गरे

79

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् ।

गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले शुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । १ हजार रुपैयाँमा बिमा गरेपछि १ लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आर्कषण बढेको हो । आजको राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here