सुनको मूल्य तोलमा ९ सय रुपैयाँले बढ्याे

65

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलमा ९ सय रुपैयाँले बढेको छ। योसँगै सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँनजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घटेको सुन आज ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार४ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो।

आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ। हिजो बिहीबार १३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here