दक्षिण युक्रेनको खेर्सन शहर रुसी फौजको नियन्त्रणमा

113

काठमाडौं । दक्षिण युक्रेनको महत्वपूर्ण शहर रुसी फौजको नियन्त्रणमा पुगेको छ । दक्षिण युक्रेनको खेर्सन शहर रुसी फौजको नियन्त्रणमा पुगेको हो । नियन्त्रणमा लिएपछि रुसी फौजले त्यस शहरमा कर्फ्यू समेत लगाएको छ । शहरका मेयर इगोर कोलिखाएभले सामाजिक सञ्जालमार्फत शहरको नगर प्रशासन भवनमा रुसी फौजले प्रवेश गरेको र त्यहाँ कर्फ्यू लगाइएको बताएका हुन् । उनले स्थानीयमाथि आक्रमण नगर्न समेत रुसी फौजसमक्ष आह्वान गरेका छन् । हाल खेर्सन शहरमा राति ८ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनमा रुसी आक्रमणपछि रुसको कब्जामा गएको पहिलो महत्वपूर्ण शहर हो । यो शहरमा युद्ध अघिसम्म तीन लाख भन्दा धेरैको बसोबास थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here