आज सुन तोलामा ३५ सयले घट्यो सुनको मूल्य

64

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ३ हजार ५ सयले घटेको हो।

बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज १ लाख २ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार ५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here