काठमाडौं । चैतका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको सहमति अनुसार नै फागुन महिनाको ब्याजदरलाई नै चैतमा पनि निरन्तरता दिइएको हो । चैत महिनामा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३% र संस्थागत मुद्दति निक्षेपमा १०.०३% ब्याजदर दिनेछन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले चैतका लागि आज ब्याजदर प्रकाशन गरेका छन् ।


















