नेवार समुदायले नयाँ बैचारिक, राजनीतिक-सांस्कृतिक-आर्थिक स्थिति मजबुट गर्नुपर्छ : अध्यक्ष मानन्धर

243

काठमाडौं,  नेवाः राजनीतिक अभियान, काठमाडौं  महानगर समितिको प्रथम सम्मेलन गत शनिवार जगत सुन्दर ब्वनेकुथि लखतीर्थमा सम्पन्न भएको छ ।

नेवाः राजनीतिक अभियानको प्रथम  महानगर समितिबाट नयाँ कार्यसमितिमा बाबुराजा प्रजापति अध्यक्ष बनेका छन् ।  साथै उक्त समितिमा उपाध्यक्ष कल्पना श्रेष्ठ र रमिता बज्राचार्य, सचिव  रितेश मल्ल, सह सचिव साधना डंगोल, कोषाध्यक्ष सत्यनारायण मुनिकार भएका छन् भने  सुमन मानन्धर, शान्ता प्रजापति, गोपालदास श्रेष्ठ, नहकुल श्रेष्ठ, कपिलमुनि बज्राचार्य, सचिन शाक्य र बबिता ताम्राकार कार्यकारी सदस्य तथा जितेन्द्र महर्जन, आलोक, पुर्ण महर्जन, सदस्यहरू पनि रहेका छन् ।

नेवाः राजनीतिक अभियानका अध्यक्ष श्रीकृष्ण मानन्धरले ‘नेवाः हक तथा अधिकारको प्राप्तिका लागि  महानर समितिको कार्यसमितिको गठन गरेको जनाउँदै नेवार समुदायको भाषा, कला संस्कृतिको लोप हुँदै गएको जनाउँदै नयाँ बैचारिक, राजनीतिक, सांस्कृतिक आर्थिक, स्थिति मजबुट गर्नुपर्ने धारणा राखी नव निर्वाचित टोलीलाई बढाई दिनु भयो ।

कार्यक्रममा नेवाः राजनीतिक अभियानका अभिभावक तथा संरक्षक डा. महेशमान श्रेष्ठ, अभिभावक कमिटीका विष्णु चित्रकार र मदनसेन बज्राचार्य कोषाध्यक्ष संयोजक खगेन्द्र जोशीको  पनि  उपस्थिति रहेको थियो । स्वागत मन्तव्य नेवाः राजनीतिक अभियानका उपाध्यक्ष प्रेमराज शिल्पकार गर्नु भएको थियो सो कार्यक्रमका सञ्चालिक तथा नेवाः राजनीतिक अभियानका सचिव विद्या चित्रकारले कार्यक्रम गरेको थियो । रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here