संघीय संसद्‍को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

98

काठमाडौं। सरकारले संघीय संसद्‍को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्‍को अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो।

मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको हो। संसद्‍को अधिवेशन सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध कायम रहेको यो अधिवेशनबाट अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएको छ।

पछिल्लो बैठकमा मात्रै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रस्तुत भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here