बजारमा घट्यो सुनचाँदीको मूल्य

89

काठमाडौं ,  नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। सोमबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज १ हजार ८ सय रुपैयाँले तथा चाँदी तोलामा ३५ रुपैयाँले घटेकोे छ।

सोमबार १ लाख २ हजार ३ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here