आईसीसी विश्वकप लिग २ नेपालले पीएनजीको सामना गर्ने

73

काठमाडौं । नेपालले आज आईसीसी विश्वकप लिग २ अन्तर्गतको तेस्रो त्रिकोणात्मक शृखंला खेल्दैछ। युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने एक दिवसीय सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) को सामना गर्नलागेको हो।

सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान भएपछि यो नेपालको पहिलो एकदिवसीय शृंखलासमेत हो। यसअघि सन्दीपले टी २० क्रिकेटमा कप्तानी गरिसकेका छन्।

लिग २ मा नेपाल थोरै खेल खेल्ने देशमा पर्छ। नेपालले लिग २ का आठ खेल मात्र खेलेको छ। नेपालले पहिलो शृंखलाका चार खेल घरेलु मैदानमा खेलेको थियो। ती चार खेलमध्ये दुई खेलमा नेपालले जित निकालेको थियो भने बाँकी दुई खेलमा हार बेहोरेको थियो।

ओमनले सो शृंखलामा चारै खेल जितेको थियो। २०७६ को माघमा नेपालमा आयोजित शंखलाअघि ओमन सात देश सम्मिलित लिग २ को तालिकामा दोस्रो स्थानमा थियो। त्यो शृंखलापछि शीर्षस्थानमा पुगेको ओमन अहिले पनि शीर्षस्थानमा नै छ।

नेपालमा भएको शृंखलाअघि अमेरिका शीर्षस्थानमा थियो। त्यसपछि अमेरिका र नेपालले दुई महिना अघि ओमनका घरेलु मुलुकसँग फेरि त्रिकोणात्मक शृंखला खेलेका थिए। त्यो शृंखलामा नेपालले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको हो।

यता अमेरिकाले भने लगातार सात हारपछि एक जित निकालेको थियो। अहिले अमेरिका १६ खेलबाट १४ अंक बनाएर पाँचौँ स्थानमा छ। नेपाल भने आठ खेलबाट आठ अंक नै बनाएर छैटौं स्थानमा छ।

आज नेपालले खेल्न लागेको पीएनजी भने अहिलेसम्म अङ्कविहीन छ। तालिकामा अहिलेसम्म नेपालले जित्न सकेको पनि पीएनजीलाई मात्र हो। अब नेपालले यो सिरिजका चार खेलमा जित निकाल्न सके नेपाल तेस्रो स्थानसम्म पुग्न सक्नेछ।

अहिले लिग २ को दोस्रो स्थानमा १८ अंक बनाएको यूएई छ भने तेस्रो स्थानमा १६ अंक बनाएको स्कटल्यान्ड छ। युएईले १५ खेले खेलेको छ भने स्कटल्यान्डले १२ अंक बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here