सिटिजन्स बैंककाे विभिन्न योजनाहरू सार्वजनिक

89

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गते पर्ने ५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ गतेदेखि वैशाख ७ गते (एक महिना) सम्म लागू हुनेगरी विभिन्न सेवासुविधामा भारी छुट र क्यासब्याक लगायतका योजनाहरू बैंकले सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले  पस (पीओएस) मेसिन र अनलाइनमार्फत १ हजार रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्दा एकमुष्ट २०० रुपैयाँ क्यासब्याक दिइने बैंकले जनाएको छ । यसैगरी पहिलो पटक क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागि १०० रुपैयाँ क्यासब्याक प्रदान गर्नेछ । डिजिटल भुक्तानीको अर्को माध्यम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभर यो कार्ड नि:शुल्क उपलब्ध गराउने भएको छ ।

५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूका लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशभर हालसम्म १७४ शाखा,  १२३ एटीएम र ९० शाखारहित बैंकिङ इकाइहरूबाट  १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here