काठमाडाैं । ज्यापू महागुथी काठमाडौ महानगर समित अन्तर्गतको “स्वास्थ्य बिभाग” को आयोजनामा तथा महिला बिभागको स्वास्थ्य सिविर सम्पन्न भएकाे छ ।
साे स्वास्थ्य शिविरमा सचिवालय सदस्य एवम् युवा,स्वाथ्य तथा अतिरिक्त विभागकाे संयाेजक स्यामकृष्ण प्रजापति, महानगर समिति सहसचिव एवं महिला बिभाग संयोजक रजिना डंगाेल तथा महानगर समिति सदस्य सजनी महर्जनकाे सक्रियतामा सम्पन्न भएकाे उक्त स्वास्थ्य शिविरमा २६ बर्षदेखि ५६ बर्षसम्मकाे ३२ जना महिलाहरूले निशुल्क स्वास्थ्य परिक्षणबाट लाभ लिएका थिए । परिक्षणकाे क्रममा ७० प्रतिशत महिलाहरूकाे पाठेघरमा मासु पालएकाे देखिएकाे थियाे । परिक्षणका क्रममा थाइराइड र सुगर राेग समेत लागेका देखिएकाे थियाे ।
पाठेघर निकालि सकेकाे महिलाहरूमा समेत इन्फसेन्सन देखिएकाे थियो जबकी पाठेघर निकालेपछी त्यस्तो समस्या नहुने महिला दिदिबहिनी -आमाहरुको आम धारणा रहेकाे हुन्छ । न्ह्येम्हु न्ह्येत्वा: मुसुँबहा/ चल्खु निवासी स्वर्गीय रामबहादुर डंगाेलकाे सम्झनामा उहाँकी छाेरी डा.अन्जना डंगोलले साधारण स्त्री रोगको दोश्रो स्वास्थ्य शिबिरमा निशुल्क सेवा प्रदान गरेकी थिईन । यस अघि मिति २०७८ साल फागुन २१ गते पहिलो शिबिर २२ जना महिलाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि सम्पन्न भएको थियो । रिदेन महर्जन



















