२४ घण्टामा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाए

73

काठमाडौं । पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी १२ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको छ। पीसीआर र एन्टिजेन गरेर चार हजार ६१ जनाको परीक्षण गर्दा कुल ३७ जनामा सङ्क्रमण देखिएको छ।

२४ घण्टामा ३८२ जना डिस्चार्ज भएका छन्। विगत केही दिनयता कोरोनाले मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ।

अहिले देशभर ३२ सय ४१ जना सक्रिय सङ्क्रमित छन्। २४ घण्टामा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here