गायक धीरज राईकाे चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक

122

काठमाडौं । चर्चित गायक धीरज राईले २५ वर्षअघि बजारमा आएको आफ्नो चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक भएकाे छ ।

ट्री इन्टरटेनमेन्टले नयाँ स्वरुपमा निर्माण गरेको भिडियो मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतमा धीरजकै शब्द तथा संगीत छ भने रविन दर्शनधारीले एरेन्ज गरेका छन् ।

यो डान्सिङ नम्बरको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा अभिनेत्री आँचल शर्मा र डेलविस फिचर्ड छन् । उत्सव दाहालले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।

भिडियोका निर्माता दिनेश दर्शनधारी र यशोदा राई हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here