यातायात व्यवस्था विभाग सेवा बन्द

364

काठमाडाैं । यातायात व्यवस्था विभागको सर्भरहरूमा विद्युतीय समस्या देखा परेपछि सेवा बन्द गरिएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार आज अपरान्ह ५ बजेदेखि सेवा बन्द गर्ने निर्णय गरिएको छ।

सर्भरहरूमा देखिएको समस्या समाधान भएपछि मात्रै यातायात कार्यालयहरूले सेवा दिन सुरू गर्ने उनले जनाए ।  जसबाट सेवाग्राहीलाई परेको असुविधाप्रति कार्यालयले क्षमा मागेको छ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८, १४:२४:००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here