सुन प्रतितोला रु ९९ हजार २०० तोकियाे

78

काठमाडौं  । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार १०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ। यसको मूल्य मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ।    महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here