मिर्गौलापीडितलाई बेलायतबासी नेपालीकाे सहयोग

68

काठमाडौं ।  बेलायतमा बसोबास गरिरहेका केही नेपालीले नेपालमा मिर्गौला फेल भइ उपचाररत एक व्यक्तिलाई आर्थिक सहयोग गरेका छन्।

बेलायत निवासी बद्री खनाल नेतृत्वको टोलीले बेलायत बसोबास गरिरहेका केही व्यक्तिद्वारा संखुवासभा खाँदवारी नगरपालिकाका ४५ वर्षीय जीतबहादुर रानालाई आर्थिक सहयोग स्वरुप तीन लाख २० हजार रुपैयाँ सहयोग गरेको हो।

विगत ६ महिनादेखी मिर्गौला पीडित राना काठमाडौंको गंगबुस्थित बुलन्द अस्पतालमा डायलासिससहित उपचार गराइरहेका छन्।

बेलायतमा संकलित उक्त रकम काठमाडौं निवासी मेघराज खनाले अस्पताल पुगेर रानालाई चैत्र ४ गते हस्तान्तरण गरिएको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here