काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जाने पक्षमा माहोल बनेको छ। बैठकमा बोल्ने अधिकांस नेताहरुले गठबन्धन गर्नुपर्ने, तर त्यसको मापदण्ड र अधिकारका विषयमा छलफल गर्न सुझाएका छन्।
बैठककै बीचमा बाहिरिएका उनले पत्रकारसँग बोल्दै भने, ‘अहिले सुझावहरु गठबन्धन गर्नुपर्छ भन्ने नै धेरै छन्। पार्टीले गठबन्धन गरेरै जान्छ भन्ने धेरैको बुझाइ छ। बैठकको परिदृष्य त्यस्तै देखिन्छ। नीति र मापदण्डमा भने छलफल हुनुपर्ने धारणा छ।’
गठबन्धन बनाउँदा केन्द्रबाटै छुट्याउनेभन्दा पनि स्थानीय तहलाई अधिकार दिनुपर्ने माग नेताहरुले गरेका छन्। मतभार हेरेर नेतृत्व दिने मोडेलमा गठबन्धन गर्न सकिने नेताहरुको भनाइ रहेको र आफू पनि त्यसमा सहमत भएको थापाले जनाए । उनले भने, ‘संविधानको सफल कार्यान्वयन, विधिको शासन र प्रजातान्त्रिक संस्कारका लागि गठबन्धन बनेको हो। मुलुकमा सुशासन र विधिको शासनका लागि गठबन्धन राष्ट्रिय आवश्यकता हो।’


















