काठमाडौं । कमलपोखरी हडपेर निर्माण भएको छायाँदेवि कम्प्लेसले आइपिओ निष्काशन गर्ने भएपछि त्यसको विरोधमा उजुरी परेको छ ।
छायाँदेवि कम्प्लेक्सले विभिन्न संचार माध्यम मार्फत आइपिओ निष्काशनको खबर प्रकाशन गराएपछि अभियान्ताहरुले धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
छायाँदेवि कम्प्लेक्स निर्माण विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएकै बेला आइपिओ निष्काशन गर्न लागिएको भन्दै अभियान्ताहरुले विरोध गरेका हुन् ।

















