टिपरले ठक्कर दिँदा विद्यालय जाँदै गरेका दुई दिदीबहिनीको मृत्यु

190

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले ठक्कर दिँदा विद्यालय जाँदै गरेका दुई दिदीबहिनीको मृत्यु भएको हो।  बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ८ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार विहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ। दुर्घटनापछि टिपर चालक फरार भएका छन्। स्थानीयले चालकमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here