दिल्लीमा प्रम देउवाको स्वागत गर्न तयारी

115

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि भारतमा तयारी गरिएको छ।

इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि प्रधानमन्त्री देउवा बस्ने चाणक्यपुरीस्थित होटल आटिसी मोर्यसम्म स्वागतका लागि ब्यानरहरु टाँगिएको छ।

उक्त सडक खण्डमा नेपाल र भारतको झण्डाका साथै प्रधानमन्त्री देउवालाई स्वागत गरिएका ब्यानरहरु राखिएका हुन्। भारतीय समकक्षी नरेन्द्र मोदी र देउवाको संयुक्त फोटो ठाउँठाउँमा टाँगिएको छ। भने भारतीय जनता पार्टी ९भाजपा०को कार्यालय बाहिर पनि देउवाको स्वागतमा व्यानर राखिएको छ।

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।

प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भारत भ्रमणका लागि नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार दिउँसो १ बजेर २५ मिनेटमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका छन्।

पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो औपचारिक भ्रमण हो। स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कासहित चार मन्त्री, सचिवहरु तथा पदाधिकारीहरु सहभागी छन्। टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ।

नेपाल वायुसेवा निगमको एयरलाइन्सबाट चैत २० गते साँझ ६ बजेर १० मिनेटमा स्वदेश फिर्ता हुने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here