पर्यटक कम भएपछि भर्चुअल टुर गराउँदै भक्तपुरका गाइड

68

भक्तपुरकी ३१ वर्षीया रीता सुवालले हालै इजरेलका पर्यटकहरूलाई जुममार्फत भक्तपुरको भर्चुअल टुर गराएकी छन्।

कोभिड-१९ महामारीका कारण नेपालमा पर्यटकहरूको सङ्ख्या घटेपछि रीताले भर्चुअल टुर सुरु गरेकी हुन्।

इन्टरनेटको प्रयोग गरेर मोबाइलमार्फत पर्यटकलाई नेपालबारे बताउन पाउँदा सुवाल निकै खुसी छिन्।

“अब महामारी भए पनि मसँग विकल्प छ। भर्चुअल टुरको माध्यमबाट मैले नयाँ तरिका सिकिसकेको छु,” उनले बताइन्।

महामारीको पहिलो वर्ष भक्तपुर आउने पर्यटकको सङ्ख्या लगभग साढे दुई लाखबाट घटेर तीन हजारमा सीमित भएको थियो।

महामारीका कारण पर्यटक कम भएपछि १२ जना गाइडले अन्य पेसा अपनाएको भक्तपुर पर्यटन विकास समितिले बताएको छ।

महामारीका बेला भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेका ८२ जना ‘गाइड’मध्ये ७२ जनालाई भर्चुअल गाइडको तालिम लिएका थिए। अहिले १० जना भर्चुअल गाइडको रूपमा सक्रिय छन्।

सुवालले कसरी भर्चुअल टुर गराउँछिन्? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। BBC नेपालीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here