पेट्रोल पम्पहरुमा सर्वसाधारणहरुको भीडभाड

102

काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने सहमति पछि पनि आइतबार पेट्रोल पम्पहरुमा सर्वसाधारणहरुको भीडभाड उस्तै छ । पेट्रोल नपाउने चिन्ताले केही दिनदेखि काठमाडौंका पेट्रोल पम्पहरुमा सर्वसाधारणको भीड बढेको छ । चैत ६ देखि ग्यासको पीडीओ खरिददेखि इन्धन लोडअनलोड बन्द गरेका पेट्रोलियम व्यवसायीले आयल निगमसँग शनिबार राति चारबुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका थिए ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका थिए ।

रुसले युक्रेनमा गरेको आक्रमणका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि निगमले पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बढाएको छैन । त्यसैको झोंकमा ६ बुँदे माग राख्दै व्यवसायीले अत्यावश्यक वस्तु इन्धनको लोड नै बन्द गरेका थिए । निगमले जायज माग सम्बोधन गर्ने आश्वासन दिए पनि सर्वसाधरणलाई दु:ख दिन व्यवसायीहरुले इन्धन ढुवानी नै बन्द गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here