प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि इमरान खानलाई पक्राउ गरिने : शेख रशिद

124

पाकिस्तानका गृहमन्त्री शेख रसिदले अविश्वासको प्रस्तावपछि इमरान खानले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनलाई पक्राउ गरिने दाबी गरेका छन् ।

उनले स्थानीय च्यानल एआरवाई न्युजसँग कुराकानी गर्र्दै भने, ‘यदि इमरान खानले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि यिनीहरुले उनलाई देखी सहने छैनन् र उनलाई पक्राउ गर्नेछन् ।’ कुराकानीमा उनले पाकिस्तानको लोकतन्त्र गम्भीर खतरामा भएको पनि बताए । उनले थपे, ‘यहाँ स्थिति असाध्यै खराब छ । देशका लागि चुनाव गर्नु एकमात्र विकल्प हो ।

जब इमरान खान बाहिर आउनेछन् तब यिनीहरुले उनलाई पक्राउ गर्नेछन् । यिनीहरुले इमरान खानलाई देखी सहने छैनन् ।’ शेख रशिदले विदेशी शक्ति इमरान खानविरुद्धको माहौल देख्न चाहन्छन्

। पाकिस्तानमा अविश्वासको प्रस्तावपछि यहाँ छिट्टै चुनाव गराइने बताइएको छ । यहाँ १५५ चुनाव क्षेत्रमा उपचुनाव गराइनेछ जसको अर्थ यो हो कि धेरैजसो चुनाव पञ्जाब र खैबर पख्तुनख्वामा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here