सार्वजनिक बिदामा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सुचारु रहने

72

काठमाडौं । सार्वजनिक बिदा भएपनि शुक्रबार र शनिबार दुबै दिन रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली सुचारु रहने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै शुक्रबार आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे अनुसार नै सञ्चालन रहने जनाएको छ । यस्तै शनिबार विकास ऋणपत्र २०८३ को १२ औं किस्ता अर्धवार्षिक ब्याज भुक्तानीका लागि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने सूचनामा उल्लेख छ ।

सरकारले घोडेजात्राका अवसरमा शुक्रबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here